माइभ्याली कपको सेमीफाइनमा आयोजक प्रवेश - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माइभ्याली कपको सेमीफाइनमा आयोजक प्रवेश


इलाम / भारतबाट आएको पाहुना टोली मोहम्डम स्र्पो्टिङ क्लवलाई २–१ गोल अन्तरले हराउदै आयोजक टिम माईभ्याली कपको सेमीफाईनलमा प्रवेश गरेको छ ।

आयोजकको जितको लागि बिदेशि खेलाडी एन्ड्रो थियारी बियाकनेले र जुइिनर ओङगुइनले समान एक–एक गोल गरे ।

जुइिनर ओङगुइनेले चौथो मिनेटमै गोल गर्दै आयोजकलाई सुरुवता अग्रता दिलाएका थिए । इन्जुरी समयमा एन्ड्रो थियारी बियाकले अर्को गोल गोल गरेका थिए । डिफेन्डरले बल नियन्त्रण गर्न नसकेको मौकालाई सदुपयोग गर्दै थियारीले गोल गरेका थिए । यो जीत संगै आयोजकले सेमिफाइनलमा आर्मीसंग प्रस्पिर्धा गर्ने छ ।

मोहम्डम कोलकत्ताका लागि किरमेह बनोर्नाले ४४ औं मिनेटमा बराबरी गोल गरे पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेन । आयोजकका गोल रक्षकले डि एरिया बाहिर बल छोए पछि मोहम्डमका बोर्नाडले प्रहार गरेको फ्रि किक गोलमा परिणत भएको थियो । दोश्रो हाफको इन्जुरी समयमा मोहम्डम स्र्पोिर्टङका रक्षकले आयोजका खेलाडीलाई डि एरिया नजिक फाउल गरे पछि पाएको फ्रि किकबाट थियरीले गोल गरेका थिए ।

पहिलो हाफको २० औं मिनेटमा माइभ्यालीका बिहाल तामाङले वना भर्सेज वानमा गोल गर्न चुके । दोस्रो हाफमा निकै आक्रमक खेल खेलेको आयोजकले निरन्तर आक्रमण गरेको थियो । विजेता टोलीका एन्ड्रो थियरी यिबाकं खेलको म्यान अफ दी म्याच घोषित भए ।

आफ्नो पहिलोे रोजाइको टिम आइ लिग खेलीरहेको हुँदा आफ्नो टिमले राम्रो प्रर्दशन गर्न नसकेको मोहम्डमका प्रशिक्षक मुरारी करले बताए । आयोजक टिमका प्रशिक्षक दर्शन भत्तराजले आफ्नो टिमले पाएको अवसर सदुपयोग गर्दा सफलता प्राप्त गरेको बताए ।

लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । माइ भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा शनिबारदेखि क्वार्टरफाइनल खेल सुरु हुनेछ । फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन ।

मछिन्द्र क्लब र मानेभञ्जाङ फुटबल क्लब दार्जीलीङ बिच बुधबार खेल हुनेछ ।

सम्बन्धित खवर