माङसेबुङ / लिम्बु गीत संगीतमा मेलोडी गायिकाको रुपमा चिनिनुभएका गायिका सिता सिंघक र सिक्किमबाट लिम्बु गीत संगीतमा लागि पर्नुभएका गायक सन्चमान लिम्बुको सुमधुर आवाजमा सजिएको लिम्बु गीत ‘लाफाक सिङ पोराक’ भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार पि. एस. इजमको शव्द सृजनामा सजिएको लिम्बु गीतलाई गायक सन्चमान लिम्बुलेनै संगीत भरेका हुन् ।
पदम राजन मगरले संगीत संयोजन गरेको गीतको लिप्सिङ भिडियोमा गायिका सिता र गायक सन्चमानलेनै अभिनय गरेका छन् ।
कृष्ण थलङको छायाँकन सम्पादन रहेको भिडियोमा अस्मिता राईले सृगारको भूमिका निर्वाह गरेका छन् । भिडियो गायिका सिता सिघंकको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…