रेजिनको दुई गोलसँगै मछिन्द्रको शान्दार जीत - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रेजिनको दुई गोलसँगै मछिन्द्रको शान्दार जीत


इलाम / इलाममा जारी माइभ्याली गोल्ड कपमा मछिन्द्र क्लबले भारतको मानेभञ्जाङ फुटबल क्लव दार्र्जििलङ माथी ३–० गोल अन्तरले हराउदै शान्दार जीत निकालेको छ । यो जीत संगै मछिन्द्र फाइनल प्रबेश गरेको छ ।

मछिन्द्र जीतमा रेजीन सुब्बाले २ गोल गरे भने अडेलाजा सोमेडे १ गोल गरे ।

लिग बिजेता मछिन्द्रले उपाधिको लागि आर्मी र आयोजक बिचको बिजेता संग प्रतिस्पर्धा गर्ने छ ।

बुधबार इलाम स्थित ठुलो टुडिखेलमा भएकोे खेलको १९ औं मिनेटमा मच्छिन्द्र क्लबका रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । डि एरिया नजिकबाट सुब्बाले गरेको शक्तिशालि प्रहार सिधै गोल भएको थियो ।

२१ औं मिनेटमा रजिन धिमाल प्रहार गरेको कर्नरमा अडेलाजा सोमेडे गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । ८७ मिनेटमा रेजिन सुब्बाले वान भर्सेज वानको अवस्थामा चलाखिपुर्ण गोल गरे । खेल सुरु भए देखिनै खेलमा मछिन्द्रले पकड जमाएको थियो छ ।

मछिन्द्रले मानेभञ्जाङको पोष्टमा निरनतर आक्रमण बुनिरहेको छ । मच्छिन्द्रले बिमल घर्ति मगर, योगेश गुरुङ, रजिन धिमाल देबेन्द्र तामाङ, बिशाल राई ए र बि लगायतलाई मैदानमा उतारेको थियो ।

खेलमा देबेन्द्र तामाङ म्यान अफ दि म्याच बने । उनले नगद १० हजार प्राप्त गरे ।

दोश्रो हाफमा सुधारीएको खेल प्रर्दशन गरे पनि पाहुना टोलीले गोल गर्न सकेन । दोश्रो हाफमा केहि राम्रा मुभहरु बनाए पनि पाहुना टोली मानेभञ्जाङ फुटबल क्लबले गोल गर्न नसक्दा हार्न टार्न सकेन । पहिलो हाफको पाँचौ मिनेटमा किपर समेत विट भइसकेको अवस्थामा गोल गर्न सकेनन् ।

खेलाडीहरुको तालमेल नमिल्दा खेलमा पराजित हुन परेको मानेभञ्जाङ फुटबल क्लबका प्रशिक्षक रेवजि भुटियाले बताए । योजना अनुरुप खेल प्रर्दशन गर्दा सफलता प्राप्त गरेको मच्छिन्द्रका प्रशिक्षक प्रबेश कटुवालले बताए ।

लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

बिहिबार त्रिभुवन आर्मी र माइभ्याली फुटबल क्लब इलाम विच खेल हुने छ ।

सम्बन्धित खवर