छैठौं माईभ्याली गोल्ड कपको उपाधी मच्छिन्द्रलाई - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

छैठौं माईभ्याली गोल्ड कपको उपाधी मच्छिन्द्रलाई

इलाम / इलामको ठुलो टुडीखेलमा जारी छैटौं अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिताको उपाधि लिग च्याम्पियन सनमिगल मच्छिन्द्र क्लव काठमाण्डौले चुमेको छ ।

शनिबार भएको फाईनल खेलमा मा आयोजक माईभ्याली क्लब इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले छैटौं संस्करणको उपाधि चुमेको हो ।

प्रतिस्पर्धात्मक खेलमा अतिरिक्त समयमा विदेशी खेलाडी आन्द्रेस नियाले मछिन्द्रका लागि विजयी गोल गर्दै टीमलाई उपाधि दिलाए ।

नियाको निर्णायक गोललेनै मछिन्द्रले पहिलो पटक माईभ्याली गोल्डकपको उपाधि उचालेको हो । दुवै टिम पहिलो पटक फाईनल पुगेका थिए ।

यो संगै मछिन्द्रले सिजनको तेस्रो उपाधि हात पारेको छ । मोफसलमा भने मछिन्द्रको यो दोस्रो गोल्डकप उपाधि हो ।

यसअघि झापामा भएको सताक्षी गोल्डकपको उपाधि जितेको थियो । उपाधिसंगै मछिन्द्रले ८ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आयोजकले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

सम्बन्धित खवर