लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन स्थगित - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन स्थगित


माङसेबुङ / लिम्बू पत्रकार संघको ‘तेस्रो राष्ट्रिय महाधिवेशन’ स्थगित भएको छ ।

आइतबार झापाको दमकमा बसेको संघको आकस्मिक सचिवालय बैठकले अर्को निर्णय नभएसम्म महाधिवेशन स्थगित गरेको हो ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मथलो इलामको माङसेबुङ गाउँपालिका २ स्थित चुक्चिनाम्बामा यही फागुन २८, २९ र ३० गतेका लागि महाधिवेशन तय गरेको थियो ।

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेतापनि छिमेकी मित्रराष्ट्र चीन हुँदै विश्वभर संक्रमण फैलिरहेको कोरोना भाइरसबाट नेपाल समेत संक्रमणको उच्च जोखिममा रहेको र यसको सम्भावित जोखिमबाट सतर्कता अपनाउन भीडभाडमा नजान तथा सभा, सम्मेलन, भेला, महोत्सव जस्ता कार्यक्रम नगर्न नेपाल सरकारबाट अनुरोध भएको हुनाले अर्को निर्णय नभएसम्म महाधिवेशन स्थगन गर्ने निर्णय गरिएको संघद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

महाधिवेशन स्थगनबाट परेको असुविधाप्रति आमिन्त्रत प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, प्रतिनिधि, पर्यवेक्षक, सुभेच्छुक तथा सुभचिन्तक सबैमा लिम्बू पत्रकार संघले क्षमा समेत मागेको छ ।

सम्बन्धित खवर