साउदी राज परिवारका दुई सदस्यको गिरफ्तारी - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साउदी राज परिवारका दुई सदस्यको गिरफ्तारी


एजेन्सी/ साउदी अरबका राज परिवारका दुई सदस्यलाई गिरफ्तारी गरिएको छ ।

साउदी अरबका युवराज मोहम्मद बिन सलमानको समर्थन नगरेको र सत्ता हत्याउने षडयन्त्र गरेको आरोपमा दुई शहज्यादाहरु राजा सलमानका भाई शाहाज्यादा अहमद बिन अब्दुल अजीज अल सउद र भतिजा शाहाज्यादा मोहम्मद बिन नयेफ गत शुक्रबार गिरफ्तार भएका थिए ।

युवराज सलमानले राज्यका सबै क्षेत्र र विषय बारे सबै खाले अधिकार पनि प्राप्त छन । गिरफ्तार भएका दुवै शाहाज्यादाले यसअघि गृहमन्त्रीको जिम्मेवारी पुरा गरिसकेका छन । दुवैले राज्य भित्रका सबै खाले सुरक्षा र निगरानीको जिम्मा पाएका थिए । शाहाज्यादा नयेफ कडा निगरानीमा थिए भन्ने खबर सामान्य बनेको थियो ।

असाध्यै पुरातनवादी मुलुक साउदी अरेबियामा मोहम्मद बिन सलमानले सन् २०१६मा आर्थिक र सामाजिक सुधारका कार्यक्रमहरू घोषणा गरेपछि उनको अन्तर्रा्ष्ट्रिय स्तरमा प्रशंसा भएको थियो।

सन २०१७ मा राज्यको उत्तराधिकारीको प्रतिस्पष्र्धा चलेको बेला देश बाहिर रहेका बेला पनि नयेफ माथी कडा निगरानी गरिएको थियो । ७८ बर्षीय शाहाज्यादा अहमदको गिरफ्तारी पनि युवराज सलमानसंगको बेमेलका कारण भएको भनिएको छ । राजा सलमानका सहोदर भाई एवं सत्तारुढ अल सउद परिवारका वरिष्ठ सदस्य समेत रहेका अहमदको बिचार ३४ बर्षीय युवराज सलमानसंग मिल्दैनथ्यो ।

अन्तराष्ट्रिय सञ्चार संस्था वाल स्ट्रिट जर्नलका अनुसार युवराज सलमानलाई शासकीय बागडोरमा पुग्ने अवरोध खडा गर्ने षडयन्त्र गरेको आरोपमा शाहाज्यादा अहमद र नयेफको गिरफ्तारीपछि गृहमन्त्रालयका थुप्रै अधिकारी, वरिष्ठ सैन्य अधिकारी र यो षडयन्त्रमा सामेल अन्य केही संदिग्ध ब्यक्तिहरु पनि पक्राउ परेका छन ।

सम्बन्धित खवर