नेपालसंगै १४ देशका नागरीकलाई कतार प्रवेशमा रोक - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालसंगै १४ देशका नागरीकलाई कतार प्रवेशमा रोक


एजेन्सी / नेपाललगायत १४ मुलुकका नागरीक माथि कतारले आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

विश्व भरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि भन्दै कतारले उक्त मुलुकका नागरिकमाथि प्रवेशमा अस्थायी रोक लगाएको हो ।

आइतरबार सूचना जारी गर्दै कतारले नेपाल‚ भारत‚ इरान‚ लेवनान‚ चीन‚ इजिप्ट‚ इराक‚ बंगलादेश‚ पाकिस्तान‚ फिलिपिन्स‚ दक्षिण कोरिया‚ श्रीलंका‚ सिरिया र थाइल्याण्डका नागरिकमाथि रोक लगाएको जानकारी दिएको छ ।

कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडान बन्द गरिसकेको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहानसम्म १५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये तीनजना आप्रवासी कामदारलाई पनि कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको छ ।

सम्बन्धित खवर