लिम्बुवान राष्ट्रिय भेला स्थगन - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बुवान राष्ट्रिय भेला स्थगन


धरान / लिम्बुवान राष्ट्रिय भेला स्थगन भएको छ । समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिले आगामी चैत १ र २ गते सुनसरीको धरानमा गर्ने भनिएको राष्ट्रिय भेला स्थगन गरिएको हो ।

समितिका अध्यक्ष खगेन्द्र माखिमले सोमबार धरानमा पत्रकार सम्मेलन गरी कार्यक्रम स्थगन गरिएको बताए । चीनको हुवानबाट फैलिएको कोरोना भाइरसका कारण संक्रमणको जोखिम बढेकाले सो भेला स्थगन गरिएको उनले बताए ।

अध्यक्ष माखिमले उपयुक्त समयमा पुनः भेला गरिने बताए । सरकारले समेत भिडभाड हुने भेला, सम्मेलन नगर्न अपिल गरेकोले सो भेला तत्काललाई स्थगन गरिएको उनले जनाए ।

धरानको घण्टाघर क्षेत्रको मैदानमा उद्घाटन समारोह गर्ने तयारी गरिएको भेलामा समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष रकम चेम्जोङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबो लिम्बु लगायत नेता आउने तयारी थियो ।

सम्बन्धित खवर