धरानमा चलचित्र ‘केःसाङ्ला’को विशेष प्रदर्शनी - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धरानमा चलचित्र ‘केःसाङ्ला’को विशेष प्रदर्शनी


धरान / सुनसरीको धरानमा लिम्बु जातिको संस्कृतिमा आधारित चलचित्र ‘केःसाङ्ला’ विशेष प्रदर्शनी गरिएको छ ।

तेह्रथुमे धरान तुम्बाहाम्फे समाजको आयोजना तथा याक्थुङ सिङ्गक फाउन्डेसन र आर स्क्वायर कलेक्सनको संयोजनमा धरानको गोर्खा सिनेकप्लेक्समा सोमबार बिहान विशेष प्रदर्शनी गरिएको छ ।

लोकेन साँवाले निर्देशन गरेको ‘केःसाङ्ला’मा च्याब्रुङ बजाउने गजो अर्थात् केःसाङ्लालाई मायाको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा लिम्बु समुदायमा तानेर विवाह गर्ने प्रचलनलाई प्रस्तुत गर्न खोजिएकोछ । विशेष प्रदर्शनीमा अग्रज कलाकार तथा निर्देशक प्रेम सुब्बा, नृत्य निर्देशक गोविन्द राई, केःसाङ्लाका निर्देशक लोकेन साँवा, फिल्मका नायक तथा निर्माता भीम तुम्बाहाम्फे लगायतको उपस्थिति रहेको थियो ।

फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङ्हाङ, विशाल सेनेहाङ, सनम पहाङ्गो, कुमार लुम्फुङ्वा, मेनुका साउदेन, गङ्गा तुम्बाहाम्फे, महिमा लिम्बू, तुलसा लिम्बू लगायतको अभिनय रहेको छ ।

फिल्मका सिनेम्याटोग्राफर भूपेन्द्र तुम्बाहाम्फेले पनि अभिनय गरेका छन् । अशोक लोहोरुङ राईको पाश्र्व सङ्गीत रहेको फिल्ममा दिनेश माङ्मुको मुख्य सहायक निर्देशन र कोरियोग्राफी तथा मनु नेम्बाङ, यासेली योङ्हाङ , श्रेयसी चेम्जोङको स्वर रहेको छ ।

फिफरानी तुम्बाहाम्फे, विष्णुकुमार पङ्धाक, भिमकुमार तुम्बाहाम्फे, सञ्जयकुमार तुम्बाहाम्फेको निर्माणमा चोक्फुङ इन्टरटेनमेन्ट प्रा. लि को ब्यानरमा बनेको केःसाङ्ला सम्पादन विपिन मल्लले गरेका हुन् ।

चलचित्र केःसाङला यसअघि नै हङकङ, भारतको आसामका विभिन्न ठाउँ, काठमाडौँ र पाँचथरमा प्रदर्शन भइसकेको छ ।

सम्बन्धित खवर