७६ वर्षको उमेरमा पूर्व मन्त्री शेर्माको निधन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

७६ वर्षको उमेरमा पूर्व मन्त्री शेर्माको निधन


माङसेबुङ / पूर्व स्थानीय विकास मन्त्री तथा नेपाली कांग्रेसका नेता पूर्णकुमार शेर्माको ७६ वर्षको उमेरमा निधन भएको छ ।

सघन उपचारको क्रममा बुधबार दिउँसो काठमाडौँको निदान अस्पतालमा पूर्व मन्त्री शेर्माको निधन भएको हो ।

मिर्गौंलामा समस्यादेखि पछि केहि वर्ष यता उनी काठमाडौँमा रहेर उपचार गराई रहेका थिए । उनको अवस्था जटिल बन्दै गएपछि निदान अस्पतालमा शुक्रबारदेखि आईसियूमा शेर्माको उपचार भईरहेको थियो ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सराङडाँडमा २००० साल असोज १३ गते उनको जन्म भएको थियो । स्वास्थ्य उपचारको क्रममा काठमाडौँ बस्दै आएका थिए ।

नेपाली कांग्रेसमा दुई पटक केन्द्रीय सदस्य, दुई पटक जिल्ला सभापति बनेका उनी स्थानीय विकास मन्त्री समेत बनेका थिए ।

उनी २०६४ सालमा संविधान सभा निर्वाचित पनि भएका थिए । उनी यस अघि राष्ट्रिय सभा सदस्य समेत भएका थिए ।

सम्बन्धित खवर