अन्जु पन्तको आवाजमा मुकेस सुहाङको ‘आउनु सधैं’ सार्वजनिक - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अन्जु पन्तको आवाजमा मुकेस सुहाङको ‘आउनु सधैं’ सार्वजनिक

माङसेबुङ /गोल्डेन टच गायिकाको उपमाले चिर परिचित वहुचर्चित गायिका अन्जु पन्तको आवाजमा मर्मस्पर्शि गीत ‘आउनु सधैं’ युटेयूव मार्फत सार्वजनिक गरिएको छ ।

अमेरीकामा रहनुभएका गीतकार मुकेस सुहाङको शव्दभावहरुमा सजिएको आधुनिक गीत गायक तथा संगीतकार यादन सेर्मा लिम्बुले संगीत भरेका हुन् ।

चन्दु गोर्खालीको संगीत संयोजन रहेको गीतलाई म्यूजिक नेपालमा रेकर्डिङ गरिएको हो । उक्त मनछुने आधुनिक गीतलाई यादन सेर्माको अफिसियल युट्यूव च्यानल सिङगर यादन सेर्मा लिम्बु मार्फत सार्वजनिक गरिएको हो ।

सम्बन्धित खवर