झापाको कचनकवलमा दूई दिने निशुल्क स्वास्थ्य शिविर - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको कचनकवलमा दूई दिने निशुल्क स्वास्थ्य शिविर


कचनकवल / झापाको कचनकवलमा ऐक्सल डेभ्लोपमेन्ट बैङ्क र कचनकवल गाउँपालिकाको संयुक्त आयोजनामा दूई दिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

नोवेल मेडिकल कलेज विराटनगरबाट प्रवन्धक नारायण दाहालको नेतृत्वमा खटिएको टोलीले सेवा प्रदान गर्ने दूई दिने निशुल्क स्वास्थ्य शिविर सुरु बिहिबार र शुक्रबार सञ्चालन हुने भएको हो ।

प्रदेश न. १ का सांस्सद बसन्त बानियाँको प्रमुख आतिथ्यतामा र कचनकवल गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीको विशेष आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कचनकवल वडा नं. ७, वडाअध्यक्ष भरत राजवंशी, कचनकवल वडा नं. १, वडाअध्यक्ष मेख ब. भट्टराई, कचनकवल गाउँपालिका स्वास्थ्य प्रमुख जागेश्वर यादव, (स्वास्थ्य केन्द्र बनियानी व्यवस्थापन समिति अध्यक्षरवि ओझा, स्वास्थ्य केन्द्र बनियानी प्रमुख विशुद्ध भट्टराई, समाजसेवी नवराज भट्टराई, समाजसेवी चिन्तामणी खरेल,जेष्ठ नागरिक समाज कचनकवल गाउँपालिका अध्यक्ष टिकादत्त अकेला लगायतको आतिथ्यता रहेको थियो ।

निशुल्क स्वास्थय शिविरमा जेनेरल मेडिसिन, मुटु रोग, छाला तथा यौन रोग, प्रसुती तथा स्त्री रोग, नाक, कान, घाटी, भिडीयो एक्सरे तथा इसिजी, आँखा परिक्षण तथा उपचार, ल्याव (दाँत), बाल रोग, हाडजोर्नी, नसा रोग तथा फोक्सो रोगको सेवा साथै शल्यक्रिया सेवा समेत प्राप्त गर्नेछ ।

कचनकवल गाउँपालिका, भारतको कोच विहारका सेवाग्राहीहरु मध्ये पहिलो दिन बिहिबार पाँच सय जनाले सेवा लिएको छ ।

प्रमुख कार्यकारी अधिकृत, विर्तामोड, झापाका दिनेस कुमार पोख्रेलको सभाध्यक्षतामा र कचनकवल गाउँपालिका स्वास्थ्य प्रमुख जागेश्वर यादवको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रदेश न. १ का सांस्सद बसन्त बानियाँ, निमसरी राजवंशी, नारायण दाहाल, रवि ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर