काठमाण्डौ / धादिङका हिमेश पन्तले नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि जितेको छ ।
शनिबार भएको फिनालेबाट सुनसरीका सुमन कोईराला र रोल्पाका खड्ग बहादुर पुन मगरलाई पछि पार्दै उपाधि जितेको हो ।
कान्तिपुर टेलिभिजन बाट हरेक हप्ताको सोमबार र मंगलबार प्रसारण भईरहेको रियालिटी शो कमेडी च्याम्पियनको उपाधि जिते संगै हिमेश पन्तले २५ लाख नगद र कार प्राप्त गरेका छन् ।
उनलाई हाँस्य ब्याङग्यका महारथी मह जोडी मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्यले साथै दिनेश डिसीले विजयी घोषणा गर्दै पुरस्कार हस्तानतरण गरेका थिए ।
विभिन्न चरण पार गर्दै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फिनाले सम्म पुगेका थिए । फिनालिष्ट तिनै जनाले वल्र्ड टुर समेत गर्ने भएका छन् ।