देउकृष्णको निर्देशनमा धन किरण गुरुङको ‘तिम्रो यादमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउकृष्णको निर्देशनमा धन किरण गुरुङको ‘तिम्रो यादमा’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ / निर्देशक देउकृष्ण देवान लिङखा याक्खाको निर्देशनमा गायक धन किरण गुरुङको आवाजमा सजिएको बिल्कुलै नयाँ गीत ‘तिम्रो यादमा’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार सुनील थापाको शव्द रचान रहेको गीतलाई सिर्जन नेपालले संगीत भरेका हुन् । सिर्जन नेपालकै संगीत संयोजन रहेको गीतको भिडियो फरक शैलीमा निर्माण गरिएको छ ।

गायक धन किरण गुरुङले फिचरङि गरेको भिडियोमा गायकले म्युजिसियनहरुको साथमा लाइभ प्रस्तुति दिइरहेको दृश्य समाबेश गरिएको छ ।

शिर कुमार साम्पाङ राई छायाँकन गरेको भिडियोलाई राम प्रसाद चोधरीले सम्पादन र कलरिङ गरेका भिडियो बुढासुब्बा डिजिटल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

कृष्ण सुबेदीको सृङगार र दिनेश राई(सुविन)को सहायक छायँकन रहेको भिडियोलाई अल्का गुरुङले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित खवर