१८ औं संस्करण आहा रारा गोल्डकपको उपाधि मनाङलाई - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

१८ औं संस्करण आहा रारा गोल्डकपको उपाधि मनाङलाई


पोखरा / आहा रारा गोल्डकप १८ औं संस्करण फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले चुमेको छ ।

शनिबार पोखरा रंगशालामा भएको फाईनल खेलमा मनाङले टाइब्रेकरमा नेपाल पुलिस क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

मोफसलको दोस्रो उपाधि जित्ने क्रममा खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरमा पुगेको थियो ।

ट्राइब्रेकरमा मनाङका अन्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन बिष्टले गोल गरे । निशान लिम्बुको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले बचाएका थिए ।

यता पुलिसका भोला सिलवाल, हेम तामाङ, बुद्ध बल तामाङ, गोलमा परिणत हुँदा अजित भण्डारी र तेज तामाङको प्रहार मनाङका किपर अशोक बरालले बचाए ।

योसँगै मनाङले आहा रारा गोल्डकप छैटौं पटक उपाधि चुम्न सफल भएको हो । जीत संगै विजेता मनाङले १० लाख एक हजार पुरस्कार प्राप्त गरेका छन् ।

उपविजेता पुलिसले भने पाँच लाख एक हजारमा चित्त बुझाएका छन् । उपविजेता नेपाल पुलिस क्लबका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले अप्रिलाको स्कुटर जितेका छन् ।

यसैगरि उत्कृष्ट गोलकिपर अशोक बराल (मनाङ), उत्कृष्ट डिफेन्डर सुरज विके (मनाङ), उत्कृष्ट मिडफिल्डर नितिन थापा (मनाङ), उत्कृष्ट फरवार्ड अन्जन विष्ट (मनाङ) र उत्कृष्ट प्रशिक्षक फुजा टोपे (मनाङ) घोषित भएका छन् । अन्य विधागत उत्कृष्ट खेलाडीहरुले नगद १५–१५ हजार प्राप्त गरेका छन् ।

पुलिसले क्वाटरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा ४–२ तथा सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

मनाङले क्वाटरफाइनलमा झापामाथि १–० तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–२ को जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

सम्बन्धित खवर