माङसेबुङमा पदम कुमार थेगिमको अध्यक्षतामा तरुण दल गठन - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा पदम कुमार थेगिमको अध्यक्षतामा तरुण दल गठन

माङसेबुङ / इलामको माङसेबुङमा पदम कुमार थेगिमको अध्यक्षतामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल वडा कार्य समिति माङसेबुङ गाउँपालिका वडा न. ५ गठन भएको छ ।

संविधान सभा सदस्य एवं नेपाली कांग्रेस महासमिति सदस्य नगेन्द्र कुमार कुमालको प्रमुख आतिथ्यमा शनिबार माङसेबुङमा सम्पन्न विकास निर्माणमा, नेपाली कांग्रेसको भुमिका विषायक अन्तरक्रियात्मक कार्यक्रममा लिम्बुको अध्यक्षतामा २१ सदस्यीय नेपाल तरुण दल वडा कार्य समिति गठन भएको हो ।

तरुण दल वडा कार्य समितिको उपाध्यक्षमा अर्जुन सिगु, सचिवमा बिजय याखा, कोषाध्यक्षमा युवाहाङमा लावती, सह–सचिवमा कबिन लिम्बु चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा निस्चल थेगिम, बिजय राई, आकाश सङबाङफे, बिष्णु योङहाङ, जसहाङ आङबुहाङ, रङगिला आङदेम्बे, भावना माबोहाङ, लोकेन्द्र लावती, सचिन बराईली, डम्बर चेम्जोङ, सबिन सेर्मा, सन्जु सेर्मा, भिस्मा लिम्बु, सन्तोस लावती, कृष्ण आङदेम्बे चयन भएका छन् ।

नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि तथा माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगो, नेपाली कांग्रेस जिल्ला कार्य समिति इलाम आमन्त्रित सदस्यद्धय जुनु माखिम, डम्बर लोरिङदेन, नेपाल तरुण दल इलाम जिल्ला सदस्य रन मान थेबे, माङसेबुङ गाउँपालिका सभापति इन्द्र सङबाङफे सचिवद्धय धिरेन्द्र आङदेम्बे र धनसिं सङबाङफे(धड्कन्)को समेत सहभागीता रहेको थियो ।

माङसेबुङ गाउँपालिका वडा नं. ०५ का नेपाली कांग्रेस वडा कार्यसमिति सभापति आईत खजुमको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ६५ जना नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका थिए । कार्यक्रममा पार्टी प्रवेश गरेकालाई अविर र खदाले सम्मान गर्दै स्वागत गरेका थिए ।

सम्बन्धित खवर