कोरोना भाईरस बिरुद्ध लड्न नेपाल तयार छ : प्रधानमन्त्री ओली - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना भाईरस बिरुद्ध लड्न नेपाल तयार छ : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्र सबैले एकजुट हुनुको विकल्प नरहेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आइतवार भएको सार्क राष्ट्रका प्रमुखबीचको सार्क भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समकक्षी प्रधानमन्त्री मोदीलाई महत्वपूर्ण पहल समयमै गरेकोमा धन्यवाद दिदैं यस्तो बताएका हुन् ।

‘कोरोना भाईरस बिरुद्ध लड्न नेपाल तयार छ’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा कोरोना भाइरसको कुनै पनि संक्रमण भएको छैन’ । उनले भने, ‘अब सार्क राष्ट्रबीच कोरोनालाई लिएर ठोस पहल गर्नुपर्छ’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘हाम्रो बुद्धिमत्तापूर्ण सामूहिक प्रयासले कोरोनाविरुद्ध लड्न ठोस र बलियो रणनीति बनाउन यस संवादले मद्दत गर्छ’ ।

प्रधानमन्त्री ओलीले अब ढिलो नगरी सामूहिकरुपमा पहल थाल्नुपर्ने बताए । उनले कोरोना भित्रिन नदिन भारत तथा चीनसँग जोडिएको सीमाक्षेत्रमा कडा निगरानी गरिएको बताए ।

यसैगरि अन्तर्रा्ष्ट्रिय उडानबाट आउने यात्रुको कडा निगरानी गरेको र विश्वव्यापी समस्या बनेको कोरोना दक्षिण एसियाका लागि पनि चुनौती भएको प्रधानमन्त्री ओलीले बताए ।

सम्बन्धित खवर