सुनिता थेगिमको आवाजमा ‘अर्कै संसार’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता थेगिमको आवाजमा ‘अर्कै संसार’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ / सुमधुर आवाजका कारण पछिल्लो समय दर्शक स्रोताहरुको रोजाईमा पर्न सफल लोकप्रिय गायिका सुनिता थेगिम लिम्बुको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘अर्कै संसार’ भिडियो सार्वजनिक गरिएको छ ।

सुनिता स्वयम्लेनै फिचरिङ गरेको भिडियो गायिका सुनिता थेगिमकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतकार मनु कन्दङवाको शव्द रचना रहेको गीतलाई संगीतकार पुजन लोहागनले संगीत भरेका हुन् । भिडियोमा गायिका सुनिता थेगिमलाई बिभिन्न लुक्समा आकर्षक ढंगले देखाईइको छ ।

चन्दु गोर्खालीको संगीत संयोजन रहेको गीतलाई मिन बिष्टले मिक्सिङ तथा मास्टरीङ गरेका हुन् । इसाक चबेगुको छायाँकन तथा कलरीङ रहेको भिडियोलाई मनोज राईले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर