नेइमार बार्सिलोना फर्किने सम्भावना बढ्दै - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेइमार बार्सिलोना फर्किने सम्भावना बढ्दै

एजेन्सी / फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजीले) राम्रो मूल्य पाए आफ्ना ब्राजिलियन स्ट्राइकर नेइमारलाई बेच्ने भएका छन् ।

पिएसजीले जारी लिगको मध्य सिजन चलिरहँदा नयाँ ट्रान्सफर विन्डोमा तोकेको मूल्यभन्दा ५१ मिलियन पाउन्ड कम पाए पनि नेयमारलाई बेच्न तयार रहेकोे विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

पिएसजीले नेइमारलाई विश्व फुटबलमा सर्वाधिक महँगो रकममा स्पेनी क्लब बार्सिलोनाबाट भित्र्याएका थिए । पिएसजीले नेइमारलाई भित्र्याउन २ सय २२ मिलियन पाउन्ड खर्चेको थियो ।

पिएसजीले नेइमारले राम्रोसँग खेल्न नसकेको, क्लबका अन्य खेलाडीसँग व्यक्तिगत सम्बन्ध राम्रो बनाउन नसकेको र धेरै समय घाइते भएको गुनासो गरेको छ । पिएसजीले खेलाडी नेइमार बार्सिलोना फिर्ता हुन सक्ने बताएका छन् ।

पिएसजीका खेल निर्देशक लियोनार्दो अराउजोले नेइमारको आगामी ट्रान्सफर मूल्य १ सय ३५ मिलियन पाउन्ड हुन सक्ने बताए ।

केही समययता नेइमारको बार्सिलोना फिर्तिबारे पटक पटक बहस हुँदै आए पनि त्यसले सार्थकता पाएको थिएन ।

पिएसजी नेइमारलाई कम मूल्य बेच्न तयार भएपछि यसबारे बार्सिलोनाले सोच्न सक्ने बार्सिलोनाका अध्यक्ष जोसेफ मारियाले सञ्चारमाध्यममा बताएका छन् । मारियाले यसबारले क्लबका कप्तान लियोनल मेसीसँग कुरा गरिरहेको समेत खुलाएका छन् ।

सम्बन्धित खवर