याङवरक / पान्थरको याङवरक गाउँपालिका वडा नं ३, ओयाममा सूर्तिजन्य पर्दाथबाट उत्पन्न हुने रोग सम्वन्धि अभिमुखी कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य करकोषको कार्यालयको सहकार्य र ओयाम विकास समाजको आयोजनामा उक्त अभिमुखि कार्यक्रम सम्मन्न भएको हो ।
गत फगुन २६ गते पूर्वमन्त्री श्री प्रसाद जवेगुको प्रमुख आतिथ्यमा र साहित्यकार मधु केरूङको विशिष्ठ अतिथ्यमा सम्पन्न भएको थियो ।
याङवरक गाउँपालिका वडा नं ३, का वडा अध्यक्ष मविन्द्र योङयाको सभाध्यक्षतामा ओयाम विकास समाजका अध्यक्ष कविहाङ सेलिङको स्वागत मन्तव्य र दिपेन्द्र सेलिङको कार्यक्रम सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री श्री प्रसाद जवेगु, विशिष्ठ अतिथि साहित्यकार मधु केरूङ, पाथिभरा हस्पिटल फिदिमका बरिष्ठ फिजिसियन सर्जन डा. पि.के. सिंह, श्री गुप्तेश्वर मा. वि.का पधानाध्यापक मनोज राई, वाडा सदस्य श्री प्रसाद सेलिङ, समाजसेवी टंक सेलिङ, कवि इक्साहाङ चेम्जोङ लगायतले प्रशिक्षण तथा शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य करकोषको सचिवालयको सहकार्य तथा सुम्हात्लुङ सामुदायिक विकास केन्द्र काठमाण्डौको आयोजनामा पाथिभरा हस्पिटल फिदिमका डा पि.के. सिंह लगायत अन्य स्वास्थ्यकर्मीहरूको संलग्नतामा सूर्तिजन्य पदार्थवाट उत्पन्न हुने रोगहरू सम्बन्धि ज्ञान दिने स्वास्थ्य शिविर संचालन भएको छ ।
उक्त शिविरबाट याङवरक गाउँपालिका वाड नं ३, ओयामका जनताहरू प्रत्यक्ष लाभाम्वित भएको आयोजकले जनाएको छ ।