लिम्बू विद्यार्थी मञ्च मरब क्याम्पसको १२ औं अधिबेशन सम्पन्न, अध्यक्षमा गोपिराज आङदेम्बे - Mangsebung News
  • बिहिबार, चैत ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू विद्यार्थी मञ्च मरब क्याम्पसको १२ औं अधिबेशन सम्पन्न, अध्यक्षमा गोपिराज आङदेम्बे

इलाम / लिम्बू विद्यार्थी मञ्च महेन्द्ररत्न बहुमखी क्याम्पस इकाई समिति इलामको १२ औँ अधिबेशनबाट सम्पन्न भएको छ ।

लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष रामकुमार लिङदमको प्रमुख आतिथ्यमा मंगलबार क्याम्पसको हलमा सम्पन्न क्याम्पस इकाई समिति इलामको १२ औँ अधिवेशनले गोपिराज आङदेम्बेको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा पूर्णकुमार चेम्जोङ र प्रमिला तुम्बाहाङफे, सचिवमा केवी नेम्बाङ, सहसचिवमा शिला फागो र कोषाध्यक्षमा दिपा लोरिङदेन लिम्बू निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा पविता नेम्बाङ, प्रकाश लिम्बू, प्रविन चेम्जोङ, मालती चेम्जोङ भिमा फत्र इक्सा नेम्बाङ, धनकुमार लावती, कमला जबेगू, याम्बिन तुम्बापो र शेशेहाङ नेम्बाङ निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि लिङदमले लिम्बू विद्यार्थी मञ्च मरब क्याम्पसले आफ्नो मुखपत्रको रुपमा प्रकाशन गर्दै आएको फक्ताङलुङको नवौँ अंकको विमोचन समेत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रामकुमार लिङदमको अलावा मरब क्याम्पसका प्राध्यापक केशवहादुर राई, किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष गायत्री थेगिम, याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष तथा कवि प्रकाश थाम्सुहाङ, मरब क्याम्पस प्रमुख राम प्रसाद गुरागाईँ, लिम्बू व्द्यिार्थी मञ्च जिल्ला कार्यसमिति इलामका अध्यक्ष अतित योङहाङ र पत्रिकाका लेखक तथा सहप्राध्यापक अरुण नेपाल लगायतले शुभकामना दिएका थिए ।

सम्बन्धित खवर