सरकारद्धारा एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारद्धारा एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित


काठमाण्डौ / सरकारले बिहीवारबाट सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस(कोभिड १९) रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिले अनिश्चितकालका लागि (एसईई) परिक्षा स्थगित गरेको हो ।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ ।

अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उनले बताए । कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले बुधवार नै विद्यालयलहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

बिहीवारबाट सुरु हुने परीक्षा अर्को शुक्रवारसम्म चल्ने तालिका सार्वजनिक भएको थियो ।

सम्बन्धित खवर