५५ देशबाट जस्तोसुकै समस्या परे पनि नेपाल आउन प्रतिबन्ध - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

५५ देशबाट जस्तोसुकै समस्या परे पनि नेपाल आउन प्रतिबन्ध

काठमाडौं / सरकारले जस्तोसुकै समस्या परे पनि प्रतिबन्ध लगाएका देशका नागरिक वा नेपाली नागरिक नेपाल आउन प्रतिबन्ध लगाएको छ ।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोना सम्बन्धी उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायण विडारीले जस्तोसुकै समस्या भए पनि नेपाल फर्कन नपाउने, विदेशमै बस्नुपर्ने बताएका छन् ।

कोरोना भाइरसको सामना गर्ने हैसियतमा सरकार रहेको उल्लेख गर्दै विडारीले प्रदेश सरकारहरुसँग समन्वय गरेर सरकार अगाडि बढिरहेको बताए ।

सरकारले शुक्रबारदेखि लागू हुने गरि युरोप, पश्चिम एसिया, खाडी सहितका ५५ मुलुलबाट चैत मसान्त सम्म नेपाल आउन रोक लगाउने निर्णय यसअघि नै गरिसकेको छ ।

सम्बन्धित खवर