इलाममा लिम्बू विद्यार्थी मञ्चकोे २२ औँ स्थापना दिवश - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा लिम्बू विद्यार्थी मञ्चकोे २२ औँ स्थापना दिवश


इलाम / लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्य समिति इलामले मञ्चको २२ औँ स्थापना दिवश मनाएको छ ।

बिहिबार इलाममा “एक दिवशीय सांगठनिक प्रशिक्षण कार्यक्रम” आयोजना गरी इलामले मञ्चको २२ औँ स्थापना दिवश मनाएको हो । लिम्बू विद्यार्थी मञ्चको स्थापना वि.सं. २०५५ साल चैत्र ६ गते भएको थियो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले (नेपालको संविधानमा आदिवासी जनजाति) विषयक, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष रामकुमार लिङदम (लिम्बू विद्यार्थी मञ्च) विषयक र लिम्बू विदर्थी मञ्च इलाम जिल्ला अध्यक्ष अतित योङहाङले (लिवि मञ्च इकाइ समितिहरुका पदाधिकारी तथा सदस्यहरुको काम कर्तव्य र वैठक एवम् कार्यक्रम सञ्चालन) सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा मरब क्याम्पस इकाइ समिति, मोर्डन क्याम्पस र आदर्श माविका ३२ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

जनजाति महासंघ इलामको सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन समारोहमा किरात याक्थुङ चुम्लुङ इलाम जिल्ला सचिवालय सदस्य रुद्र थेवे, लिम्बू पत्रकार संघ इलाम अध्यक्ष बुद्धमाया सोङमी, किरात याक्थुङ चुम्लुङ इलाम अध्यक्ष बखतवहादुर आङदेम्बे, जनजाति विद्यार्थी महासंघ इलाम अध्यक्ष मानवहादुर गुरुङ, लिवि पूर्व केन्द्रीय सदस्य एवम् देनपा वडा नं. ९ का वडाध्यक्ष हेमराज लिम्बूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर