राष्ट्रिय शहिद मनिल तामाङको १२औं स्मृति दिवस सम्पन्न - Mangsebung News
  • आइतबार, बैशाख ०६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय शहिद मनिल तामाङको १२औं स्मृति दिवस सम्पन्न


दमक / राष्ट्रिय सहिद मनिल तामाङको १२औं स्मृती दिवस सम्पन्न भएको छ ।

बिहीबार शहिद राजकुमार आङ्देम्बे माङ्तोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानले झापाको पृथ्वीनगर ४, हाल भद्रपुर ३ को देउनिया खोला किनारमा अवस्थित शहिद मनिल तामाङको समाधिस्थलमा एक कार्यक्रम गरि मनिल तामाङको १२औं स्मृति दिवस मनाएको हो ।

त्रिभुवन विश्व विद्यालयद्वारा विद्यार्थी हकहितको निमित्त गर्ने स्ववियू निर्वाचन प्रणाली समानुपातिक पद्दतीबाट गरिनु पर्छ भनेर आन्दोलन गर्ने क्रममा वि.सं. २०६५ साल चैत्र ६ गते सम्पन्न हुनै लागेको स्ववियू निर्वाचनलाई रोक्ने क्रममा धुलाबारी क्याम्पसमा प्रहरीको गोली लागि मनिल तामाङ शहिद भएका थिए ।

प्रतिष्ठानका अध्यक्ष तथा संघीय लिम्बुवान मञ्च नेपालका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले शहिद मनिल तामाङ्को शहादत्ताले लिम्बुवान र पहिचान आन्दोलनले उच्च मूल्याङ्कन गरेको बताउनु हुँदै चाडै नै धुलाबारी क्याम्पस प्राङ्गणमा शालिक निर्माण गर्न पहल गर्ने बताएका छन् ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले शहिद मनिल तामाङ्लाई लिम्बुवान आन्दोलनले कहिल्यै भूल्न नहुने बताएका छन् । पहिचान र संघीयता प्राप्ति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नको लागि आन्दोलनरत लिम्बुवान मञ्च निरन्तर आन्दोलनमा होमिएको हुँदा समयमा नै शहिदको शालिक निर्माण लगायत कार्यहरु रोकिएको तर अब पुनः मञ्च सक्रिय भई शो कार्यमा अगाडि बढिसकेको बताएका छन् ।

कार्यक्रममा मञ्चका महासचिव शान्ता योङ्हाङ्, उपमहासचिव तथा प्रतिष्ठानका महासचिव दिल कुमार लावती, केन्द्रीय सदस्य किरण लिङ्देन, लिचन थेवे लगायत नेताहरुको उपस्थिति रहेको थियो । समाधीमा बौद्ध धार्मिक परम्परा अनुसार लामा पढाई शहिद प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

त्यसैगरी बिहीबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मातहतका प्रान्तीय मञ्चहरु, जिल्ला कार्य समिति, जनवर्गीय संगठन लगायतका समितिहरुले शहिद मनिल तामाङको स्मृति दिवस विभिन्न ठाउँमा मनाएका थिए ।

सम्बन्धित खवर