दमक / ‘हरित नगर समृद्ध दमक, स्वच्छ वातावरण स्वास्थ्य जीवन’ भन्ने नाराका साथ दमक नगरपालिकाको आयोजनामा सरसफाई अभियान सुरु भएको छ ।
शुक्रबार दमक नगरपालिकाको कार्यालय परिसरमा २ दर्जन बेशी सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको उपस्थितीमा विभिन्न ११ बुँदे प्रतिवदता गर्दै अभियानको सुरुवात गरेको हो ।
प्रतिवदतामा आफु स्वयम सरसफाईलाई संस्कृतिक रुपमा विकास गर्न आत्मासाथ गर्न भनिएको छ । त्यसतै हरेक ब्यक्तिद्धारा निस्कने फोहोर मैला जस्तैः चुरोटको ठुटा, खैनी, गुड्का, मधुको खोल, चक्लेटको खोल, पानीको बोटल, फ्रुटीको खोल, चाउचाउ, बिस्कुटमा खोल लगायत डिस्पोजल पदार्थहरुको ब्यवस्थापन आफु स्यमले गर्न भनिएको छ ।
त्यसरी नै घरबाट निस्कने बिकार पदार्थहरु कुहिने र नकुहिने हुन्छन् । ति सबैलाई अलग अलग राखी फाल्ने, र ब्यापारीहरुले ग्राहकलाई सचेत गराउँदै सहयोग गर्न अनुरोध गरेको छ ।
आफ्नो घर वरिपरी र छिमेकीहरुलाई सफा गर्न र सफा सुघर बस्न, गर्न अपिल गर्दै सून्दर दमक बनाउँने प्रतिवदता गरेको छ । आफ्नो घर अगाडि कम्तीमा २ ओटा बिरुवा रोप्ने प्रतिवदता समेत गरेको छ ।
हालै विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) लाई आफ्नो ठाउँमा भित्रिन नदिन यो अभियानको सुरु भएको हो ।