देउकृष्णको कार्यकारी निर्देशन तथा कोरियोग्राफीमा ‘बित्ला है जोवन’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउकृष्णको कार्यकारी निर्देशन तथा कोरियोग्राफीमा ‘बित्ला है जोवन’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ / निर्देशक, निर्माता तथा कलाकार देउकृष्ण लिङखा देवान याक्खाको कार्यकारी निर्देशन तथा कोरियोग्राफीमा पुर्वेली गीत ‘बित्ला है जोवन’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक खगेन्द्र याक्सो र गायीका आभा मुकारूङको सुमधुर स्वरमा सजिएको पुर्वेली गीतलाई गीतकार तथा संगीतकार सुबि राईले शब्द सृजना साथै संगीत गरेका हुन् ।

खगेन्द्र कुमार लिम्बुको निर्देशन रहेको भिडियोमा आशा चोङबाङयाक्क लिम्बु र योगेन्द्र राईले अभिनय गरेका छन् । भिडियोमा बुद्धवीर चोङबाङक्याक, चन्द्रा फागो चोङबाङ, टि.आर. सेनेहाङ, देबेन्द्र लिम्बु, विक्की मगर, सिता तुम्बाहाम्फे र अमृता लिम्बुको समेत अभिनय रहेको छ ।

बुद्धवीर चोङबाङक्याकर चन्द्रा फागो चोङबाङको निर्माण रहेको भिडियोलाई सिरकुमार साम्पाङले छायाँकन गरेका हुन ।

कृष्ण सुबेदीको सृङगारमा तेह्रथुमका विभिन्न पर्यटकीय स्थलहरुमा छाँयाकन गरिएको भिडियोमा अनुप पौडेलको सम्पादन तथा कलरीङ रहेको छ ।

बलराम समालको संगीत संयोजनमा युमा आर्टस्मा रेकर्डिङ गरिएको ‘बित्ला है जोवन’ गीतको भिडियो युमा आर्टस् युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर