कोरोनाबारे सन्त्रास फैलाउने एकजना पक्राउ - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबारे सन्त्रास फैलाउने एकजना पक्राउ


काठमाण्डौ / कारोना भाइरस (कोभिड १९)बाट काठमाडौंमा एक जनाकोमृत्यु भएको भन्दै झुटो प्रचार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जाल फेसवुक मेसेञ्जरमार्फत् अडियो सन्देश पोष्ट गर्दै अफवाह फैलाएका थिए । र कोरोनाको सन्त्रास फैलाएका थिए ।

यसरी फेसवुक मेसेञ्जरमार्फत् अफवाह फैलाएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरेको प्रहरीको साइबर व्यूरोले शनिवार दिउँसो उनलाई पक्राउ गरेको पुष्टी छ ।

सम्बन्धित खवर