याक्थुङ लेखक संघ इलाम योङहाङको अध्यक्ष्तामा गठन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ लेखक संघ इलाम योङहाङको अध्यक्ष्तामा गठन


इलाम / याक्थुङ लेखक संघ (यालेस)ले इलाम जिल्लामा अर्जुन योङहाङको अध्यक्षतामा नव कार्यसमिति गठन गरेको छ ।

शनिबार याक्थुङ लेखक संघ (यालेस) का केन्द्रीय अध्यक्ष प्रकाश थाम्सुहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमले योङहाङको अध्यक्षतामा १९ सदस्य कार्यसमिति चयन गरको थियो ।

गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा बुद्धमाया सोङमी र याम माबोहाङ (नुनाम), सचिवमा अतित योङहाङ, सहसचिवमा भूमिका सम्बाहाङफे, र कोषाध्यक्षमा मनिसा लावती चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा रुद्र अनमोल थेवे, कुशल आङबुहाङ, योगेश फियाक, शुसिल मोरोहाङ, गोपिराज आङदेम्बे, वर्षा शेर्मा, सृष्टी खापुङ (जुनु), सृष्टी कुरुम्बाङ, जंग आङबो, सञ्जित लावती फलना, सन्तोष खापुङ, भीम योङहाङ र भीमा फत्र चयन भएका छन् ।

याक्थुङ लेखक संघ (यालेस) इलामको गठन कार्यक्रमका संयोजक अर्जुन योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा भानु प्रतिमा साहित्य तथा प्रवर्द्न समिति इलामका अध्यक्ष एवम् कवि विमल वैद्य, किरात याक्थुङ चुम्लुङ इलामका सल्लाहकार बखत वहादुर आङदेम्बेले शुभकामना मन्तव्य राखेका थिए ।

‘याक्थुङ लेखक संघ’ संसारभरी छरिएर रहेका याक्थुङ लेखकहरूको एक भेलाले २०७६ जेठ १५ गते झापामा गठन गरेका हो । याक्थुङ लेखक संघ ताप्लेजोङ, पान्थर, झापा, धनकुटा र काठमाडौंमा यसअघि नै शाखाको रुपमा गठन भईसकेका छन् । यस शिलशिलामा इलाममा आज गठन भएको अध्यक्ष प्रकाश थाम्सुहाङले प्रष्ट पारे । स्थापना लगत्तै याक्थुङ लेखक संघ उपत्यका समितिले कविता तङ्सिङ् २०७६’ भदौ २८ गते शनिबारका दिन राष्ट्रिय नाचघर जमल, काठमाडौंमा गरेको थियो । त्यसपछि २०७६ फागुन २४ गते झापा दमकमा कविता तङसिङ(२ याक्थुङ लेखक संघ (यालेस) झापाको आयोजनामा सम्पन्न भईसकेको छ ।

सम्बन्धित खवर