देउकृष्ण देवानको निर्देशनमा ‘बर्षौं बित्यो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउकृष्ण देवानको निर्देशनमा ‘बर्षौं बित्यो’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ / पछिल्लो समय कलाकारितामानै लागि परेका निर्देशक, निर्माता तथा कलाकार देउकृष्ण देवान लिङखा याक्खाको निर्देशनमा बिल्कुलै नयाँ गीत ‘बर्षौं बित्यो’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार, संगीतकार तथा गायक धन किरण गुरुङको शव्द, संगीत तथा आवाजमा सजिएको गीतलाई भने सुरत प्रधानले संगीत संयोजन गरेका हुन् ।

गरिबीका कारण बिदेशिएका श्रमितीको यादमा छोरी संगै छटपटिएका श्रीमानको पिडा र श्रमिती बिदेशबाट फर्किए पछिको खुसीलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

नरेन खड्का र अस्मिता चापागाईको दमदार अभिनय रहेको भिडियोलाई सिर कुमार साम्पाङ राईले छायाँकन गरेका हुन ।

मित्र लामाको रेकर्डिङ रहेको गीत सुरसंगम रेकर्डिङ प्र.लि.मा रेकर्डिङ गरिएको हो । अल्का गुरुङले निर्माण गरेको भिडियोलाई निर्देशन कोईरालाले सम्पादन तथा कलरीङ गरेका हुन् ।

बाल कलाकारद्धय प्रनिसा राई र समिरा देवानको समेत अभिनय रहेको भिडियो ओ.एस.आर. डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर