यस्तो अवस्थामा भेटिए गगन पुरी - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यस्तो अवस्थामा भेटिए गगन पुरी


दमक / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गगन पुरीलाई आईतबार सार्वजनिक रुपमा भेटिएको छ ।

दमक ८ स्थित बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा कायम गराउन खोजेको अभियोग लागेका पुरी करिब दुई /अढाई महिना अघिदेखि प्रहरीको फरार सूचीमा रहेका थिए ।

कोरोना भाइरसको संक्रमण फैलिने जोखिमबाट टाढा रहन आव्हान गर्दै दमकस्थित दमक बसपार्क परिसरमा आईतबार सर्वसाधारणलाई निशुल्क माक्स वितरण गर्दै गरेको अस्थिामा पुरी भेटिएका हुन ।

नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ झापाले पार्टीका केन्द्रिय सदस्य देवेन्द्र दाहाल, प्रदेश कमिटी सदस्य समेत रहेका पुरी लगायतका नेताहरुलाई समेत संलग्न गराएर मास्क वितरण गरेको हो ।

संघका जिल्ला अध्यक्ष शम्भु भण्डारीले बसपार्क परिसरमा एक हजार मास्क वितरण गरिएको जानकारी दिए ।

पुरी शुक्रबार मात्रै जिल्ला अदालत झापामा उपस्थित भएर १ लाख ८० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । नेता पुरी सो प्रकरण चलेपछि आईतबार पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका हुन ।

 

सम्बन्धित खवर