राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द सालिक अनावरण कार्यक्रम स्थगन - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द सालिक अनावरण कार्यक्रम स्थगन

माङसेबुङ / विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९)को कारण संसार आतकिंत भइरहेको अवस्थामा राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द ७२ औं स्मृति दिवस तथा महागुरु फाल्गुनन्द सालिक अनावरण कार्यक्रम स्थगन गरिएको छ ।

आगमी चैत २२ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तथा किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको देवसमुपस्थितिमा पान्थरको फाल्गुनन्द गाउँपालिका ४, चिलिङदेन पुधामलुङमा सम्पन्न हुने भनिएको महागुरु फाल्गुनन्द ७२ औं स्मृति दिवस तथा महागुरु फाल्गुनन्द सालिक अनावरण कार्यक्रम स्थगन गरिएको हो ।

नेपाल सरकारले गत चैत ५ गते उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस(कोभिड १९) रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिले निर्णयलाई स्वागत गर्दै कार्यक्रम स्थगन गरिएको महागुरु फाल्गुनन्द ७२ औं स्मृति दिवस तथा महागुरु फाल्गुनन्द सालिक अनावरण कार्यक्रम समारोह फाल्गुनन्द गाउँपालिका ४, चिलिङदेन पुधामलुङ पान्थरका सह–संयोजक ताराबीर नेम्बाङले बताए ।

कोरोना भाईरस(कोभिड–१९)को संक्रमणबाट आफु पनि बाचौं अरुलाई पनि बचौं भन्ने अभिप्रायका साथ अर्को सुचना नआए सम्म अनिश्चितकालका लगि स्थगन गरिएको महागुरु फाल्गुनन्द ७२ औं स्मृति दिवस तथा महागुरु फाल्गुनन्द सालिक अनावरण कार्यक्रम समारोह फाल्गुनन्द गाउँपालिका ४, चिलिङदेन पुधामलुङ पान्थरका कोषाध्यक्ष धनबहादुर नेम्बाङ(डि.बि.)ले बताए ।

यसैगरि आगमी चैत १६ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तथा किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको देवसमुपस्थितिमा झापाको अर्जुनधार ११, सालबारी स्थित राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द सालिक अनावरण कार्यक्रम समेत स्थगन गरिएको किरात चेत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्द्रिया अध्यक्ष केहेरसिं योङहाङले बताए ।

यसरीनै आगमी चैत्र १९,२० र २१ गते इलामको माङसेबुङ स्थित गुरु निजी आश्राममा सम्पन्न हुने भनिएको कोरोना भाईरस(कोभिड–१९) निवारणको लागि विश्व शान्ति मानव एकता, मानव जगत र चराचर सृष्टि जगतको रक्षाको लागि येत् नाम्धुङ लाधुङ सेमी सावायेहाङ थक थक याम याम आप्लुङगेन ताङसेप चोमेन सेव संगै एक लाख आठ हजार आठ सय आठ दिप प्रज्वलन कार्यक्रम भने सोहि मितिमानै सम्पन्न हुने जनाएको छ ।

सम्बन्धित खवर