कोरोना नियन्त्रणका लागि लामो दुरीको यातायात सेवा बन्द - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना नियन्त्रणका लागि लामो दुरीको यातायात सेवा बन्द


दमक / कोरोना भाइरस (कोभिड १९)को संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले लामो दुरीका सवारी साधन बन्द भएका छन् ।

सोमबारबाट सबै खाले लामो दुरीका सवारी साधन अनिश्चित समयका लागि बन्द गराइएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै चैत १० देखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय सरकारले गरेको जानकारी गराएका थिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चीन र भारतसँग जोडिएका नेपालका नाकाहरु पनि एक साताका लागि बन्द गराइएको छ । सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरिसकेको छ । तर सीमा नाकाबाट अत्यावश्यक सामाग्रीको ढुवानी भने जारी रहने छ ।

सम्बन्धित खवर