फ्रान्सबाट आएकी एकजनामा भेटीयो कोरोना भाईरस - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फ्रान्सबाट आएकी एकजनामा भेटीयो कोरोना भाईरस

काठमाण्डौ / फ्रान्सबाट आएकी एकजना नेपाली महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । तर उनी उपचारपछि ठीक भइसकेका छन् । यो सँगै नेपालमै दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

फ्रान्सबाट गत चैत ४ गते आएर होम क्वारेन्टाइनमा बसेकै बेला खोकी लागेपछि स्वास्थ्य जाँचका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट १९ वर्षीया ती युवतीमा कोरोना देखिएको हो ।

सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना पुष्टी भएको जानकारी दिए ।

उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेकी थिइन् । तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । अब उनीसँगै आएका र परिवारका सदस्यहरु पहिचान गरी आइसोलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको छ ।

स्वास्थ्यमन्त्री ढकालले धैर्य नगुमाउन र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्रा्ष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्रा्ष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

सम्बन्धित खवर