कार्यालय सेवा, बजार र यातायत बन्द गर्ने देउमाई नगरपालिकाको निर्णय - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कार्यालय सेवा, बजार र यातायत बन्द गर्ने देउमाई नगरपालिकाको निर्णय


माङसेबुङ / विश्वब्यापी रुपमा देखा परेको कोरोना भाईरबाट बच्नका लागि इलामको देउमाई नगरपालिकाले हाललाई सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकामा संचालित अतिआवश्यक बाहेक पसल , हाटबजार र यातायत सेवा बन्द गर्ने निर्णय गरेको हो ।

देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेलले बिश्वब्यापी रुपमा फैलिएको कोरोनाबाट नगरबासीलाई सुरक्षित राख्नका लागि सबै नगरका सेवा, बजार पसल, यातायत बन्द गरिएको जानकारी दिएका छन् ।

नगरका सूचना अधिकारी गोेबिन्द बास्तोलाले यदि कोही ब्यक्तिमा कुनै समस्या देखा परे नगरमा समेत खबर गर्न आग्रह गरेको छ ।

नगरले कोरोनाबाट बच्न अपनाउनु पर्ने सजगता अपनाउन समेत आग्रह गरेको छ ।

सम्बन्धित खवर