यादन सेर्मा र मन्जु लावतीको पालाम ‘चुङजीक्ने हेक्ता’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यादन सेर्मा र मन्जु लावतीको पालाम ‘चुङजीक्ने हेक्ता’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ / किरात लिम्बु तथा नेपाली गीत संगीतमा छुटै पहिचान बनाउन सफल गायक, गीतकार तथा संगतिकार यदन सेर्मा र गायिका मन्जु लावतीको सुमधुर आवाजमा सजिएको लिम्बु संस्कृतिमा आधारित पालम साम्लो ‘चुङजीक्ने हेक्ता’ भिडियो सार्वजनिक गरिएको छ ।

साँस्कृति मुलक गीतहरु सृजना गर्न पोख्त गीतकार सुवर्ण नेम्बाङको शव्दभावहरुमा सजिएको पालाम सम्लोको लय संकलन भने गायक यादन सेर्मालेनै गरेका हुन् ।

पदम राजन मगरको संगीत संयोजन रहेको पालाम साम्लोको भिडयोमा यादन सेर्मा, मन्जु लावती,नरेश वनेम, उदय बेघा, सरिता राई, एबी आङदेम्बे, मुना माङमु, बविता योङहाङ, दिक्षा माङमु, सिमा राई र बिष्णु सेर्माले अभिनय गरेका छन् ।

मौलिक धान नाच प्रस्तुत गरिएको भिडियोमा कृष्ण थलङ र नर्वु तामाङको छायाँकन तथा सम्पादन रहेको छ । उर्मीला सेर्पाको सृङगारमा तयार भउको भिडियो गायक यदन सेर्माको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर