कोरोना सन्त्रास, सुन्सान दमक बजार (फोटो फिचर सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना सन्त्रास, सुन्सान दमक बजार (फोटो फिचर सहित)


दमक / विश्वभरी फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को नियन्त्रण र सजगता अपनाउनका लागि सरकारले मंगलबारबाट मुलुकभरी लक डाउन लगाएको छ ।

कोरोना फैलन नदिन र व्यक्तिगत सजगता अपनाउन साथै सरकारको निर्णयको पालना गर्दै दमक बजारका व्यापारीहरुले स्वतस्फुर्त आफ्नो व्यापार व्यवसाय बन्द गरेका छन । जसले गर्दा दमक बजार सुन्सान जस्तै देखिएको छ ।

दमक बजारमा रहेका सब्जीमण्डी भने फाटफुट मात्रामा चलिरहेको छ । अन्य सबैखाले पसलहरु बन्द रहेका छन ।

महेन्द्र राजमार्गमा खाद्यन बोक्ने मालबाहक गाडी, आयल निगमका गाडी र छिटफुट मोटरबाईक बाहेक प्राय सबै सवारीसाधनहरु थप देखिए ।

यी सबै बन्दको बिचमा पनि केहि श्रमजिवी वर्गमा भने बन्दको प्रभाव देखीएन । उनीहरुले हातमुख जोड्नकै लागि आफ्ले गर्दै आएको काम गरिरहेको देखिए ।

अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ११ हजार ९ सय ४९ जनाले ज्यान गुमाएका छन् । संसारभर २ लाख ८९ हजार ९ सय ९६ जना संक्रमित भएका छन् ।

तस्विरः प्रविन सेलिङ ‘सेन्दो’

सम्बन्धित खवर