सरकारको आदेश उल्लंघन गर्ने ६८ जना पक्राउ, हजारौं सवारी–साधन नियन्त्रणमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारको आदेश उल्लंघन गर्ने ६८ जना पक्राउ, हजारौं सवारी–साधन नियन्त्रणमा

काठमाडौं / विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट सात, झापाबाट चार, सुनसरीबाट चार, पर्साबाट तीन, सिरहाबाट दुई, कञ्चनपुरबाट दुई र धनुषाबाट एक गरी ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्झाइ–बुझाइ गर्दा समेत अटेर गरेपछि उनीहरुलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आदेश विपरीत सञ्चालन गरेका एक हजार पाँच सय ७१ सवारी–साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले कोरोना संक्रमणको सम्भावित जोखिमबारे सम्झाइ–बुझाइ गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर