नेपाल टेलिकमले रिचार्ज बराबरको बोनस दिने - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल टेलिकमले रिचार्ज बराबरको बोनस दिने


काठमाण्डौ / नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज गरे शत प्रतिशत बोनस दिने निर्णय गरेको छ ।

कोरोना भाईरसको संक्रम फैलिन नदिन सरकारले लकडाउनको लागू गरेपछि आफ्ना ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहेको हुनाले टेलिकमको यस्तो निर्णय गरेको हो । बुधबार रातको १२ बजेपछि यो व्यवस्था कार्यान्वयन हुनेछ ।

टेकिलमले आफ्नो नेटवक सेवा नमस्ते र स्काई भित्र प्रयोग गर्न सकिने गरी रिचार्ज बराबरको बोनस ब्यालेन्स उपलब्ध गराउने निर्णय गरेको टेलिकमका अधिकारीहरुले जानकारी दिए ।

टेलिकमका अनुसार यी बोनसबापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने छ । नेपाल टेलिकमबाहेकका अन्य नेटवर्कमा फोन गर्दा भने मुख्य ब्यालेन्सबाट शुल्क काटिनेछ ।

सम्बन्धित खवर