माङसेबुङको पञ्चमीमा कोरोना रोक्न मानवीय दुरी कायम गर्ने बारे सचेतना कार्यक्रम - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङको पञ्चमीमा कोरोना रोक्न मानवीय दुरी कायम गर्ने बारे सचेतना कार्यक्रम

माङसेबुङ / अहिले कोरोना भाइरस (कोभिड १९) ले विश्वभरी महामारीको रुप लिईरहेको छ । यसले चौतर्फी त्रार र आतंक फैलाई रहेको छ ।

यस भाइरसलाई रोकथाम र पूर्वसतर्कताका अपनाउनका लागि यतिबेला नागरिक सचेत हुन अनिवार्य भएको छ । छिमेकी मुलुक चीनले कोरोना भाइरस न्यूनिकरण र नियन्त्रण गर्न विभिन्न उपायहरु अपनाएका थिए । ति उपायहरू मध्ये मानव मानवबीचको दुरी कायम राख्ने उपाय सबै भन्दा प्रभावकारी भएको जनाएको छ ।

माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिप राईको अगुवाइमा चिसोपानी पञ्चमी बजार क्षेत्रमा कोरोना भाइर रोकथामका लागि मानव मानवबीचको दुरी कायम गर्ने, हात धुने लगायतका सचेतना कार्यक्रम प्रयोगात्मक तरिकाले सम्पन्न गरिएको छ ।

भाइरसको संक्रमण हुन नदिन दुरी कायम राख्ने, साबुन पानीले २० सेकेन्डसम्म हात धुने, सेनिटाइजरको प्रयोग गर्ने लगायतको प्रयोगात्मक अभ्यास गरिएको थियो ।

सचेतना कार्यक्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, व्यापारी र सामाजिक अगुवाहरूको सहभागिता रहेको थियोे ।

यो समाचार तयार पार्दासम्म कोरोना भाईरसको संक्रमित विश्वमा ४,७३,३०८ रहेका छन् भने २१,३४४ जनाको मृत्यु भईसकेको छ । त्यसतै १,१४,७८७ जना उपचार पछि ठिक भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर