हङकङमा नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हङकङमा नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि

काठमाण्डौं / हङकङमा एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको छ ।

त्यहाँस्थित नेपाली महाबाणिज्य दूतावासले एक जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।

प्राप्त जानकारी अनुसार ती नेपाली त्यहाँको एक नाइट हव लाङ्काई फोङ् बारमा कार्यरत थिए । त्यसक्रममा नेपाली नागरिकको पोजेटिभ रिपोर्ट आएको र उनको अहिले नर्थ डिष्ट्रिक अस्पतालमा उपचार भइरहेको छ ।

हङकङस्थित महावाणिज्य दूतावासले बिहीबार नै विज्ञप्ति जारी गर्दै त्यहाँस्थित सम्पूर्ण नेपालीहरुलाई सर्तक रहन अपिल गरेको छ ।

सम्बन्धित खवर