नेपालमा चौथो कोरोना संक्रमित भेटिए - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा चौथो कोरोना संक्रमित भेटिए


दमक / धनगढीमा नयाँ कोरोना संक्रमित भेटिए संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ पुगेको छ ।

प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको उनी ३४ वर्षका नेपाली पुरूष रहेका छन् । उनमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । हाल उनको अवस्था सामान्य छ ।

यस भन्दा अघि नेपालमा तीन जनामा कोरोना भाईरस संक्रमण पुष्टि भइसकेको छ ।

सम्बन्धित खवर