मुर्झाएको एक क्रान्तिकारि - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुर्झाएको एक क्रान्तिकारि


क. सञ्चारलाई आजभोली आफ्ना नजिकका साथीहरु क. रक्तसंचार पनि भन्छन् । किनभने युवाप्रेमि उनी युवाहरुको रक्तसंचार भएर उभिएका छन । युवाहरुको समस्याका उपर समाधानार्थ निरन्तर क्रियाशिल छन । एक गुरु जस्तो सबैलाई ज्ञान, चेतना, अनुभव, उत्साह बाँडछन । सत्कर्म र सत्मार्गको लागि उत्प्रेरित गरिरहन्छन् । एकथरी युवाहरुको लागि उनको बिर्तामोडको बासस्थान नै एक मन्दिर हो । हाल सोहि ठाउ कोरोना बिरुद्द क्वारेन्टाइनका लागि प्रयोग भएको छ । माओवादी सशस्त्र जनयुद्धमा प्रत्यक्ष सहभागी भएर धेरै युद्धमोर्चा सम्हालेर सकुशल नेतृत्व गरेका क. सञ्चार भन्छन, युद्दमोर्चाको कुशलता सत्ता सन्चालनमा प्रदर्शन गर्न सकेन । त्यो त्याग बलिदानलाई अहिलेका नेताहरुले साटेर खाने काम गरे ।

सञ्चार राजनीति युद्धमा छदा दिईएको भुमिगत कालको नाम हो । उनको नागरिकताको नाम भने मोहन नेम्बाङ हो । पाँचथरको उत्तरी भु–भाग साविक लुङ्रुपा ३, हालको फिदिम नगरपालिका १३, निवासी हुन । सानै उमेरमा भुमीगत भएर हिडेका उनका धेरै साथीहरु त शहिदको लिस्टमा दर्ता भए । घाइते, बेपत्ता भए । तर उनी भने बाँचेका योद्धा साथीहरुको लर्काेमा उभिए । गुमाएका साथीहरुलाई सम्झना गर्दै शान्ति प्रक्रिया पछि अनमिनको लडाकु सैनिक प्रमाणिकरणमा उभिए ।

मोरङ टाँडी अस्थायी क्याम्पमा एकदिन उनलाई नमिठो अनुभूति भयो । यत्रो श्रीमती छोराछोरीको भोक, तिखार्को परवाह नगरी मुलुक बनाउने महान अभियानमा सरिक भएको अब युद्ध सकेपछि सैनिक बनेर जागिरे बन्नु भनेको पलायन हुनु जस्तो लाग्यो । त्यसपछि शिविर बाहिर निस्किए, बिना ज्याला । उनले रकमसहितको स्वेच्छिक अवकाश पनि लिएका हैन्न ।

अयोग्यमा दर्ज हुने त कुरै थिएन । सम्पुर्ण संरचना मिलेको एक हेन्डसम हंसमुख पट्ठो युवा । हेर्दा कमाण्डर सुहाउने । उनले कमाण्डरलाई एति भने कि म राजनैतिक जीवनमा होमिएको यो सेना भएर जागिर खाएर बस्न सक्दिन ।

लाहुरे साथीभाईले बिदेशबाट पठाईदिएको कम्ब्याट ड्रेस, हातमा सानो ब्याग, गोल्ड स्टार जुत्ता लगाएर बाहिरिएको एक क्रान्तिकारीले गाउँघरमै माओवादी पार्टीको काम सम्हाल्न शुरु गरे । जिम्मेवारी थपिदै कार्यक्षेत्र बिस्तार हुँदै पाँचथरबाट इलाम, इलामबाट झापा आइपुगे । उनको जिम्मेवारी पनि सानै थियो । सानै जिम्मेवारी सकुशल बहन गर्दा पदोन्नति हुँदै आए ।

पाँचथरमा एरिया कमान्डर थिए । इलाममा तत्कालिन स्थापनाको वाईसिएलको क्षेत्रिय अध्यक्ष भए । झापामा वाइसिएल क्षेत्रिय अध्यक्ष हुदै जिल्ला अध्यक्ष भए । उनमा पार्टीको प्लानमा एक्शन गर्न सक्ने खुबि र टिम परिचालनको विशिष्ट गुण थियो भन्ने कुरा उनीसंग संगै युद्धमा होमिएका हाल बिर्तामोड निवासी क. रुपन फागो बताउछन् ।

तेतिबेला झापामा वाइसिएल क. सञ्चारकै कारण टिकेको थियो । तत्कालिन अवस्थामा वाइसिएलमाथि देशका विभिन्न ठाउमा आक्रमणहरु भए । हताहत भए तर पनि माओवादीको कमजोर संगठन रहेको ठाउँ झापामा भने वाइसिएलको पुर्ण दव्दबा कायम थियो । त्यो सञ्चारकै कारण थियो ।

प्रतिपक्षिहरुसंग संवाद गर्न सक्ने आफ्ना योजना कठोरताकासाथ कार्यनयनको योग्यता सञ्चारले युवा उमेरमै प्रस्तुत गरे । त्यसबेला माओवादी केन्द्रमा फुटेर दुइवटा पार्टी बन्यो । प्रचण्डको संसदलाई उपयोग गर्ने र वैद्यको पुनक्रान्तिमा जाने । उनी क. वैद्य माओवादी तर्फ लागे । उनलाई अझै क्रान्ति अधुरो रहेको लागि नै रहेको थियो । सर्वहारा वर्गको निमित्त अधुरो रहेको क्रान्तिलाई पूरा गर्ने अभिभारा वैद्य माओवादीले गर्छ भन्ने उनलाई बिस्वास थियो । क. सञ्चार क्रान्तिको अभिभारा पूरा गर्ने अठोटका साथ नेकपा–माओवादी झापा जिल्ला सचिव बने । नेकपा–माओवादीको त्यो बेलाको संगठनिक संरचना जिल्लामा सचिव प्रमुख हुने लेनिनकृत संरचना थियो ।

वैद्य माओवादीले पनि क्रान्तिको नारा मात्रै उचाल्ने तर क्रान्तिमा चाहिँ जाने आँट नगरे पछि फेरि फेरि अर्काे पटक निरास भए क. सञ्चार । सपना तुहिएको महसुस गरेर फेरि प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रमा फर्के । जतिबेला बादलले वैद्य माओवादी फुटाएर प्रचण्ड कहाँ लिएर आएका थिए । क. सञ्चारले पनि सोहि दलबलमा मिसिएर पुरानै घरमा आए । त्यसपछि एमाले र माओवादीले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा छन् । त्यसैगरी झापा जिल्ला सदस्य र युवा तथा खेलकुद बिभाग प्रमुख रहेका छन् ।

क.सञ्चारले युद्धकालीन समयमा देशदेशावर भिड्ने क्रममा सिन्धुलीको भिमान देखि रुम्जाटार, संखुवासभा, ताप्लेजुङ, भोजपुर, झापा सुरुङ्गा आक्रमणमा उत्रिएका थिए । भोजपुर आक्रमणबाट बालबाल जोगिएका थिए । उनको अनुहारको मासु उप्किने गरि गोलि लागेको थियो । उनले पुरानो अन्चल संरचना अन्तर्गत मेची अन्चलको सबै जिल्लाहरुमा आफ्ना शुक्ष्म उपस्थिति जनाएका छन् ।

सम्बन्धित खवर