चैत २५ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चैत २५ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय

काठमाडौं / सरकारले थप ८ दिन बढाएर चैत २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले परिस्थितिलाई ध्यान दिँदै थप ८ दिन लकडाउन बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकमा चैत २५ गते राति १२ बजेसम्मका लागि लकडाउन बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

लकडाउनमा जनतालाई परेका समस्या र कोरोना भाइरसको संक्रमण बढ्न नदिन गरिएको सचेतनाबारे बैठकमा समीक्षा भएको छ ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।

जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।

सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर