वैशाख ३ गतेसम्म अन्तराष्ट्रिय उडान बन्द - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वैशाख ३ गतेसम्म अन्तराष्ट्रिय उडान बन्द


काठमाडौं / अन्तराष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्म नहुने भएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव रामनारायण बिडारीले जानकारी दिए ।

यसअघि सरकारले गरेको निर्णय कार्यान्वन गर्दै बैठकले अन्तर्रािष्ट्रय उडानलाई थप वैशाख ३ अर्थात् अप्रिल १५ तारिखसम्मका लागि स्थगित गरेको हो ।

बैठकमा समिति संयोजक उपप्रधान तथा रक्षामन्त्री पोखरेल, विभागीय मन्त्री, सचिव, सुरक्षा निकायका उच्च अधिकारी र सरोकारवालाको उपस्थिति थियो ।

यसअघि प्रधानमन्त्री केपी ओलीले चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्दै सबै अन्तर्रा्ष्ट्रिय उडान चैत ९ गतेदेखि १८ गतेसम्म स्थगित गर्ने निर्णय सुनाएका थिए ।

सम्बन्धित खवर