कोरोना आशंका गरिएका दुईको वीर अस्पतालमा मृत्यु - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना आशंका गरिएका दुईको वीर अस्पतालमा मृत्यु


काठमाण्डौ  / कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंका गरिएका दुई जना बिरामीको काठमाडौंमा स्थित वीर अस्पताल मृत्यु भएको छ ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । रिपोर्ट आउन भने बाँकी रहेको छ ।

ती मृत्यु हुने दुबै जना हालै भारतबाट फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला छन् ।

निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार बिहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

सम्बन्धित खवर