एसियामा कोभिड–१९ महामारी नियन्त्रणमा आउन बाँकी रहेको विश्व स्वास्थ्य संंगठन (WHO)को चेतावनी - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसियामा कोभिड–१९ महामारी नियन्त्रणमा आउन बाँकी रहेको विश्व स्वास्थ्य संंगठन (WHO)को चेतावनी

एजेन्सी / विश्व स्वास्थ्य संंगठन (WHO) ले एसियामा कोरोना भाइरस (कोभिड–१९)को महामारीको अवस्था अझै नियन्त्रणमा नआएको भन्दै चेतावनी जारी गरेको छ ।

संगठनका क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोना भाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएको बिबिसीले जनाएको छ ।

उनले अन्य मुलुकमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

चीन, दक्षिण कोरिया, सिङ्गापुर लगायतका देशले कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका भन्दै कासाईले अन्य देशले ती देशबाट शिक्षा लिनुपर्नेमा जोड दिएका छन् ।

चीनमा निकै कडा प्रतिबन्धहरू पछि भाइरस नियन्त्रणको अन्तिम अवस्थामा पुगेको भन्दै उनले ताइवानमा कडा प्रतिबन्ध नलगाईकनै भाइरस नियन्त्रणमा रहेको जानकारी दिएका छन् ।

सम्बन्धित खवर