नेपाल भ्रमण वर्ष औपचारीक रुपमै स्थगन - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल भ्रमण वर्ष औपचारीक रुपमै स्थगन


काठमाण्डौ / सरकारले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक रुपमै स्थगित गरेको छ ।

चीनक हुवेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस विश्वका २०५ मुलुक पुगिसकेको अवस्थामा सरकारले औपचारिक रुपमै नेपाल भ्रमण वर्षका सबै कार्यक्रम स्थगित गर्ने निर्णय लिएको हो ।

मन्त्रिपरिषद्को बैठकले वैशाख १ गतेदेखि लागु हुने गरी भ्रमण वर्ष सचिवालयको कार्यालय विघटन गर्ने निर्णय गरेको मन्त्रालका अधिकारीले जानकारी दिएका छन् ।

यस अघी सरकारले गत फागुन १८ मै भ्रमण वर्षका औपचारिक कार्यक्रम रोक्ने निर्णय लिएको थियो ।

सम्बन्धित खवर