पोर्चुगलमा रहेका आठ नेपाली कोरोना संक्रमित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पोर्चुगलमा रहेका आठ नेपाली कोरोना संक्रमित


एजेन्सी / पोर्चुगलमा बस्दै आएका आठ नेपालीमा कोरोना संक्रमण भएको छ ।

पोर्चुगलको राजधानी लिस्बन स्थित मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको हो ।

उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

उनमा कोरोना संक्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि चेकजाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अधिकारीले जानकारी दिए ।

उक्त घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । संक्रमितमध्ये एक जना बच्चा र गर्भवती महिला पनि रहेको जनाएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ ।

हालसम्म पोर्चुगलमा कोरोना संक्रमण देखिने नेपालीको संख्या ९ पुगेको छ ।

सम्बन्धित खवर