काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
छिमेकी मुलुक चीनबाट मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै बुधबार मन्त्री ढकालविरुद्ध विवेकशील नेपाली दलका वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले अख्तियारमा उजुरी दिएका हुन् ।
कोरोनाभाइरस संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरेर अनियमितता गरेको आरोप लगाउदै सांसद पौडेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म किटलाई मान्यता नदिएको, बजार मूल्यभन्दा चार गुणासम्म महँगो मूल्यमा खरीद गरेको उल्लेख गरेका छन् ।
उजुरीमा डब्ल्यूएचओले सिफारिस नगरेको, भर पर्न नसकिने खालर्का यापिड टेस्टिङ किट’ प्रचलित बजार मूल्यभन्दा बढी मूल्यमा किनिएको भन्दै छानबिनको माग गरिएको छ ।
पौडेलले अख्तियारको वेबसाइटमार्फत् उजुरी दिएको बताएका छन् । पौडेलले वेबसाइटमार्फत् दिएको उजुरी रुजु भएको अख्तियारका प्रवक्ताले आफूलाई जानकारी दिएको बताएका छन् ।
विवादका कारण सरकारले चीनबाट खरिद गरेको ७५ हजार थार्न यापिड टेस्टिङ किट’ अहिलेसम्म प्रयोगमा ल्याइएको छैन ।